images
images
  • लुम्बिनी प्रदेशमा को–को बन्दैछन् नयाँ मन्त्री ? (नामावलीसहित)

    काठमाडौं– लुम्बिनी प्रदेशमा एमालेले चार जना नयाँ मन्त्री सिफारिस गरेको छ ।

    यसअघि एमालेका चार मन्त्रीले राजीनामा दिएपछि पार्टीले दोस्रो कार्यकालका सांसदलाई प्राथमिकतामा राख्दै नयाँ नाम अघि सारेको हो ।

    सिफारिसमा गुल्मीका डिल्लीराज भुसाल, अर्घाखाँचीका रामजी घिमिरे, रूपन्देहीका तुलसीप्रसाद चौधरी र बाँकेका रत्न खत्री रहेका छन् ।

    खत्री यसअघि पनि मन्त्री भइसकेका हुन् भने बाँकी तीन जना नयाँ अनुहार हुन् ।

    मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्री चयनबारे छलफल जारी रहेको र अन्तिम निर्णय हुन बाँकी रहेको बताएका छन् ।

    एमालेले सरकार पुनर्गठन र मन्त्रालय संख्या घटाउने तयारीबीच मन्त्री परिवर्तन गरेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images