काठमाडौं– नेकपा (एमाले)को सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा सम्बन्धी दुईदिने राष्ट्रिय कार्यशाला काठमाडौंमा सुरु भएको छ ।
कार्यशालाको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका छन् ।
२१ फागुनको प्रतिनिधि सभा निर्वाचनपछि ओली पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिएका हुन् ।
उनले बबरमहलस्थित कार्की बैंक्वेटमा आयोजित कार्यक्रमको उद्घाटन गमलामा रोपिएको बिरुवामा पानी हालेर गरेका थिए ।
एमालेका अनुसार कार्यशाला संगठन सुदृढीकरण र विस्तारका लागि आयोजना गरिएको हो ।
कार्यक्रममा प्रदेश र जिल्ला इन्चार्ज, प्रदेश कमिटीका पदाधिकारी, जिल्ला अध्यक्ष तथा जनसंगठनका प्रमुखहरूको सहभागिता रहेको छ ।
कार्यशालामा सदस्यता नवीकरण, विस्तार प्रक्रिया र आगामी संगठनात्मक योजनाबारे छलफल हुने बताइएको छ ।
गत भदौको जेनजी आन्दोलनपछि ओली यसअघि कुनै पनि सार्वजनिक कार्यक्रममा सरिक भएका थिएनन् ।






















