images
images
  • ‘क्लिन चिट’ पाउने आसमा सुधन : गृहमा फर्काउने दाउमा प्रधानमन्त्री बालेन, रवि पक्ष पूरै असहमत

    काठमाडौं– पूर्वगृहमन्त्री सुधन गुरुङमाथि लागेको आरोपबारे छानबिन समितिको प्रतिवेदन आउन बाँकी रहँदा गृह मन्त्रालय डेढ महिनादेखि नेतृत्वविहीन छ ।

    गुरुङले विवादास्पद व्यवसायी दीपक भट्टसँगको सेयर साझेदारी र सम्पत्तिको स्रोतबारे प्रश्न उठेपछि वैशाख ९ गते राजीनामा दिएका थिए ।

    सरकारले पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको नेतृत्वमा गठन गरेको छानबिन समितिले अध्ययन र बयानको काम सकेर प्रतिवेदन तयारी गरिरहेको जनाएको छ ।

    समय अभावका कारण समितिलाई थप पाँच दिनको म्याद दिइएको छ ।

    सिंहदरबारमा भने गुरुङ पुनः गृहमन्त्री बन्न सक्ने चर्चा चुलिएको छ ।

    प्रधानमन्त्री बालेन्द्र शाह निकट समूहले छानबिनबाट सफाइ पाए गुरुङलाई पुनः गृह मन्त्रालयमा फर्काउने पक्षमा रहेको बताइन्छ ।

    तर रास्वपाभित्र सभापति रवि लामिछाने पक्ष भने गुरुङको विगत र कार्यशैलीलाई कारण देखाउँदै पुनर्नियुक्तिको पक्षमा छैन ।

    पार्टी स्रोतका अनुसार अन्तिम निर्णय प्रधानमन्त्री शाहकै हातमा रहनेछ ।

    गुरुङ निर्दोष ठहरिएमा उनलाई पुनः गृह मन्त्रालयको जिम्मेवारी दिन सकिने सम्भावना रहेको बताइन्छ ।

    गुरुङ विवादमा तानिनुको मुख्य कारण सम्पत्ति शुद्धीकरण मुद्दामा हिरासतमा रहेका व्यवसायी दीपक भट्टको कम्पनीमा उनको ५० लाख रुपैयाँ बराबरको सेयर फेला पर्नु हो ।

    गुरुङले भने उक्त लगानी सापटी रकमबाट गरेको दाबी गर्दै आएका छन् ।

    छानबिन समितिको प्रतिवेदनपछि मात्र उनको राजनीतिक भविष्य र गृह मन्त्रालयको नेतृत्वबारे स्पष्ट हुने देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images