images
images
  • दक्षिणी लेबनानमा हिजबुल्लाहको भयानक आक्रमण, इजरायली सेनामाथि १३ पटक हमला

    काठमाडौं– हिजबुल्लाहले दक्षिणी लेबनानमा इजरायली सेनामाथि १३ वटा आक्रमण गरेको दाबी गरेको छ ।

    संगठनका अनुसार रकेट, तोपखाना, गाइडेड मिसाइल र ड्रोन प्रयोग गरी सैनिक टोली, सैन्य सवारी साधन तथा कमाण्ड पोस्टहरूलाई निशाना बनाइएको हो ।

    हिजबुल्लाहले हद्दाथा र अल(बलू क्षेत्रमा इजरायली मर्कावा ट्याङ्क र सैन्य सवारी साधनमाथि हमला गरेको तथा विस्फोटक यन्त्र प्रयोग गरेको जनाएको छ ।

    संगठनका अनुसार आक्रमणपछि इजरायली सेना हवाई समर्थनको सहारामा पछि हट्न बाध्य भएको थियो ।

    त्यस्तै, ब्यूफोर्ट क्यासल र बियादा क्षेत्र आसपास तैनाथ इजरायली बलहरूमाथि पनि मिसाइल तथा रकेट प्रहार गरिएको हिजबुल्लाहको दाबी छ ।

    इजरायलले भने घटनाबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images