images
images
  • महोत्तरीमा गोली चल्दा एक दम्पती घाइते

    काठमाडौं– महोत्तरीको सोनमा गाउँपालिका–३ खखनास्थित एक घरमा डकैती गर्न आएका समूहले गोली चलाउँदा दम्पती घाइते भएका छन् ।

    घाइते हुनेमा २७ वर्षीय ईश्वर नारायण यादव र उनकी २२ वर्षीया श्रीमती किरण यादव रहेका छन् ।

    बुधबार बिहान करिब १ बजे ५–६ जनाको समूह घरमा प्रवेश गरी लुटपाटको प्रयास गर्दा दम्पतीले प्रतिवाद गरेका थिए ।

    सोही क्रममा डाँका समूहले गोली चलाएको प्रहरीले जनाएको छ ।

    ईश्वरको काँधमा गोली लागेको छ भने किरण सामान्य घाइते भएकी छन् ।

    घाइते दुवैलाई प्राथमिक उपचारपछि थप उपचारका लागि जनकपुर पठाइएको छ ।

    घटनास्थलबाट एक थान गोलीको खोका बरामद भएको प्रहरीले जनाएको छ ।

    फरार डाँका समूहको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images