images
images
  • उजुरी परेपछि रास्वपा अधिवेशन स्थगित

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बागमती र मधेस प्रदेशका केही स्थानीय तह तथा वडामा हुन लागेको पार्टी अधिवेशन तथा निर्वाचन प्रक्रिया स्थगित गरेको छ ।

    पार्टीको केन्द्रीय निर्वाचन आयोगले विवाद र उजुरी परेपछि छानबिनका लागि ती क्षेत्रमा निर्वाचन प्रक्रिया तत्काल रोक्ने निर्णय गरेको हो ।

    आयोगका प्रमुख भुवन केसीका अनुसार बागमती प्रदेशको सिन्धुपाल्चोक तथा मधेस प्रदेशका सप्तरी, सिराहा, महोत्तरी, धनुषा र सर्लाहीका केही स्थानीय तह प्रभावित भएका छन् ।

    विवाद समाधान र छानबिन सम्पन्न भएपछि मात्रै प्रक्रिया अगाडि बढाइने जनाइएको छ ।

    आयोगले स्थगित क्षेत्रहरूमा कुनै पनि नयाँ निर्वाचन गतिविधि नगर्न निर्देशन दिँदै त्यसविपरीत गरिएका कामलाई मान्यता नदिइने चेतावनी दिएको छ ।

    अन्य क्षेत्रहरूमा भने अधिवेशन तथा निर्वाचन प्रक्रिया पूर्ववत् सञ्चालन हुने रास्वपाले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images