वीरगञ्ज– वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई जिल्ला अदालत पर्साले ४ लाख १५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
मुख्य न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले लिखत सम्बन्धी कसुरमा ४ लाख रुपैयाँ र झुटा विवरण पेश गरी नागरिकता बनाएको आरोपमा १५ हजार रुपैयाँ धरौटी माग गरेको हो ।
यसअघि अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
अदालतमा उपस्थित नभई फरार रहेका सिंहलाई प्रहरीले मंगलबार पर्साको ठोरी क्षेत्रबाट पक्राउ गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्






















