राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भारतीय जनता पार्टी (भाजपा) केन्द्रीय कार्यालयमा भव्य स्वागत गरिएको छ ।
उनी सवार मर्सिडिज बेञ्ज मुख्यद्वार प्रवेश गर्दा नर्सिंगा बजाउँदै परम्परागत झाँकी प्रस्तुत गरिएको थियो ।
भाजपा विदेश विभाग प्रमुख तथा नेपाल मामिला संयोजक नीतिन नवीनसहितका नेताहरूले उनलाई स्वागत गरेका थिए ।
भेटमा दुई देशका लोकतान्त्रिक शक्ति, राजनीतिक अनुभव र आपसी सहकार्यका विषयमा छलफल भएको बताइएको छ ।
पाँच दिने भारत भ्रमणमा रहेका लामिछानेले नेपाली समुदायसँग भेटघाट गर्नुका साथै अयोध्या भ्रमणसमेत गर्ने कार्यक्रम रहेको छ ।
स्वागतका क्रममा पुष्पवृष्टि गरिएको थियो भने नपुंसक (हिँजडा) लिंगीले स्वागत गेका थिए ।
पार्टी कार्यालयमा कार्यकर्ताको उल्लेखनीय उपस्थिति देखिएको थियो ।
प्रतिक्रिया दिनुहोस्






















