काठमाडौं– सरकारका प्रवक्ता सस्मित पोखरेलले सीमा विवादबारे प्रधानमन्त्री बालेन शाह पुनः संसद्मा जवाफ दिन तयार रहेको बताएका छन् ।
नेपाल–भारत सीमा सम्बन्धी विवादमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिबारे आलोचना भइरहेका बेला प्रवक्ता पोखरेलले सो कुरा स्पष्ट पारेका हुन् ।
उनले प्रधानमन्त्रीले यसअघि संसदमा दिएको भनाइ सत्य भएको दाबी गर्दै आवश्यक परे फेरि पनि जवाफ दिन सक्ने बताए ।
मन्त्रिपरिषद् बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘प्रधानमन्त्री सदनप्रति उत्तरदायी हुनुहुन्छ, उहाँ पहिले पनि संसदमा उपस्थित भएर जवाफ दिनुभएको हो, आवश्यक परे फेरि पनि आउनुहुन्छ ।’
पोखरेलका अनुसार सीमा विवाद समाधानका लागि दुई देशबीच कूटनीतिक संयन्त्र सक्रिय छ र यही प्रक्रियामार्फत समस्या समाधान गरिनेछ ।
प्रतिक्रिया दिनुहोस्






















