images
images
  • रास्वपाको केन्द्रीय निर्वाचन आयोगको प्रमुखमा केसी मनोनित

    काठमाडों– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय निर्वाचन आयोगको प्रमुखमा भुवन केसीलाई मनोनयन गरेको छ ।

    रास्वपाको सोमबार बसेको सचिवालय बैठकले काठमाडौं, टोखाका केसीलाई केन्द्रीय निर्वाचन आयोगको प्रमुख पदमा मनोनीत गरेको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए ।

    रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले केसीले पार्टीको विधान, नीति र सिद्धान्त तथा आयोगको नियमावली तथा कार्यविधिबमोजिम आफ्नो पदीय जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नेमा विश्वास व्यक्त गरे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images