images
images
  • ट्रम्पले नेतान्याहुलाई फोनबाटै थर्काएपछि…

    काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजराइली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूसँग टेलिफोन वार्तामा कडा असन्तुष्टि जनाउँदै उनलाई कडा शब्दमा चेतावनी दिएको अमेरिकी मिडिया एक्सियसले जनाएको छ ।

    हिजबुल्लाहलाई लक्षित गर्दै इजराइलले लेबननमा आक्रमण तीव्र पारेपछि ट्रम्पले नेतन्याहूसँग फोन वार्ता गरेका थिए ।

    वार्ताका क्रममा ट्रम्पले आक्रोशित हुँदै इजराइलको पछिल्लो सैन्य कदमप्रति आपत्ति जनाएका थिए ।

    रिपोर्टअनुसार ट्रम्पले नेतन्याहूलाई युद्ध विस्तारले इजराइललाई थप एक्ल्याउने चेतावनी दिँदै तत्काल संयमता अपनाउन आग्रह गरेका थिए ।

    उनले इरानसँगको कूटनीतिक वार्ता जारी रहेको र सैन्य तनाव बढाउन नहुने धारणा राखेका थिए ।

    वार्तापछि नेतन्याहूले भने हिजबुल्लाहविरुद्धको सैन्य अभियान जारी रहने स्पष्ट पारेका छन् ।

    यसैबीच अमेरिकी पक्षबाट आएको दबाबपछि इजराइलले बेरूतमा थप आक्रमणको योजना स्थगित गरेको दाबी गरिएको छ ।

    इरान–इजराइल तनाव र क्षेत्रीय युद्धको जोखिमबारे ट्रम्प र नेतन्याहूबीच पछिल्ला दिनमा मतभेद बढ्दै गएको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images