काठमाडाैं – भारत भ्रमणमा रहेका रवि लामिछानेले आजदेखि राजनीतिक भेटघाट सुरु गरेका छन् । सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा दिल्ली पुगेका उनलाई पार्टी कार्यालयमा भव्य स्वागत गरिएको छ ।
सभापति लामिछानेले भाजपाका नेता नीतिन नवीनसँग भेटवार्ता गरेका छन् । भेटमा दुई देशका लोकतान्त्रिक शक्ति, दलगत अनुभव, राजनीतिक सहकार्य तथा आपसी सम्बन्ध सुदृढीकरणका विषयमा छलफल भएको बताइएको छ ।
पाँच दिने भारत भ्रमणमा रहेका लामिछानेले नेपाली समुदाय र समर्थकसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ। भ्रमणका क्रममा उनले अयोध्या समेत भ्रमण गर्नेछन्।
प्रतिक्रिया दिनुहोस्






















