images
images
  • प्रम बालेनले मच्चाए आतंक : सीमामा तटबन्ध निर्माणमा भारतीयको रोक, नेपालीमाथि एसएसबीको कुटपिट

    काठमाडौं– पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा नारायणी नदी कटान नियन्त्रणका लागि निर्माण भइरहेको तटबन्धमा भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले आपत्ति जनाएको छ ।

    सीमा विवादित क्षेत्र भएको दाबी गर्दै भारतीय पक्षले थप संरचना निर्माण नगर्न आग्रह गरेको हो ।

    सुस्ता गाउँपालिका–५ मा करिब १ किलोमिटर तटबन्ध निर्माण भइरहेको छ, जसको अधिकांश काम सम्पन्न भइसकेको छ ।

    तर बाँकी १३२ मिटर क्षेत्रमा भने उच्चस्तरीय सहमति भएपछि मात्र काम अघि बढाउन भारतीय पक्षले आग्रह गरेको जनाइएको छ ।

    स्थानीयवासीले निर्माणस्थल नेपाली भूमि भित्रै रहेको दाबी गर्दै तटबन्ध बाढी र कटानबाट बस्ती तथा खेतीयोग्य जमिन जोगाउन अत्यावश्यक रहेको बताएका छन् ।

    निर्माणका लागि बजेट र ठेक्का प्रक्रिया पूरा भइसकेकाले काम अविलम्ब सुचारु गर्न सरकारसँग उनीहरूले माग गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images