काठमाडौं– डडेल्धुराबाट बेपत्ता भएका सशस्त्र प्रहरी जवान ओमप्रकाश पुन मगर र उनका मामा तीर्थबहादुर थापामगर महाकाली नदीमा मृत फेला परेका छन् ।
तीर्थबहादुरको शव पर्शुराम नगरपालिका–५ परिगाउँ नजिकै फेला परेको प्रहरीले जनाएको छ भने सशस्त्र जवान ओमप्रकाशको शव कञ्चनपुर–भारत सीमा क्षेत्रमा भेटिएको छ ।
शुक्रबारदेखि बेपत्ता रहेका उनीहरू साँझ ५ बजेसम्म सँगै देखिएको प्रहरीको भनाइ छ ।
घटनाबारे नेपाल र भारतका सुरक्षा निकायले समन्वय गरी अनुसन्धान गरिरहेका छन् ।
यद्यपि भारतीय प्रहरीले यस घटनाबारे कुनै जानकारी नभएको स्पष्ट पारेको छ ।
प्रतिक्रिया दिनुहोस्






















