images
images
  • नेपाली सञ्चार माध्यममा चुइँक्क नबोल्ने रवि भारत पुगेर लेखे आर्टिकल– अतिक्रमित भूमिबारे के भने ?

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाल–भारत सम्बन्धलाई परम्परागत भू–राजनीतिक बहसभन्दा माथि उठाएर ‘विकास कूटनीति’मा केन्द्रित गर्नुपर्ने बताएका छन् ।

    भारतीय दैनिक हिन्दुस्तान टाइम्समा प्रकाशित लेखमा उनले नेपालको राजनीतिक परिवर्तनलाई ‘ब्यालेट बक्स क्रान्ति’को संज्ञा दिँदै अब दुई देशबीचको सम्बन्ध आर्थिक रूपान्तरण र विकास साझेदारीमा आधारित हुनुपर्ने उल्लेख गरेका छन् ।

    लामिछानेले रक्सौल–काठमाडौं रेलमार्ग, काठमाडौं–बेङ्गलुरु डिजिटल कोरिडोर, पोखरा र लुम्बिनीबाट भारतीय सहरमा सिधा उडान, जलविद्युत सहकार्य तथा सीमा क्षेत्रमा रासायनिक मल कारखाना स्थापना जस्ता परियोजनालाई प्राथमिकता दिन प्रस्ताव गरेका छन् ।

    सीमा विवादलगायतका मुद्दा अतिराष्ट्रवादी नाराबाट नभई तथ्य र संवादका आधारमा समाधान गर्नुपर्ने उनको भनाइ छ ।

    उनले समृद्ध र स्थिर नेपाल भारतको सुरक्षाका लागि पनि रणनीतिक आवश्यकता रहेको उल्लेख गरेका छन् ।

    हाल लामिछाने भाजपाको निमन्त्रणामा भारत भ्रमणमा छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images