काठमाडौं– प्रतिनिधिसभामा गत जेठ १७ गते भएको तोडफोड तथा अमर्यादित गतिविधिबारे छानबिन गर्न सभामुख डिपी अर्यालले ३ सदस्यीय समिति गठन गरेका छन् ।
प्रतिनिधिसभा सचिव प्रकाश अधिकारीको संयोजकत्वमा गठित समितिलाई ७ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ ।
प्रतिवेदनका आधारमा दोषी ठहरिएका सांसदलाई प्रतिनिधिसभा नियमावली, २०८३ अनुसार बढीमा १५ दिनसम्म निलम्बन गर्न तथा भौतिक क्षतिको क्षतिपूर्ति भराउन सकिनेछ ।
कारबाहीअघि सम्बन्धित सांसदलाई सफाइ पेस गर्ने अवसर दिइनेछ ।
यद्यपि, सदस्यले आफ्नो गल्ती स्वीकार गरी माफी मागेमा सभामुखले कारबाही फिर्ता लिन सक्ने व्यवस्था पनि नियमावलीमा छ ।
प्रतिक्रिया दिनुहोस्






















