images
images
  • बिचौलिया भट्ट–शंकर ग्रुप प्रकरण : बैंकको ५४ करोड दुरुपयोग, १० कम्पनीविरुद्ध मुद्दा

    काठमाडौं– बिचौलिया दीपक भट्ट र शंकर ग्रुपले हिमालयन बैंकबाट लिएको करिब ५४ करोड रुपैयाँ कर्जाको दुरुपयोग गरेको निष्कर्षसहित प्रहरीले मुद्दा दायर गर्न सिफारिस गरेको छ ।

    सिआइबीको अनुसन्धान अनुसार जगदम्बा स्टिल्सले लिएको कर्जा कम्पनीको उद्देश्यविपरीत प्रयोग गरी भट्टको व्यक्तिगत खातामा सारिएको थियो ।

    सिआइबीले बैंकिङ, बिमा तथा धितोपत्र कसुरसम्बन्धी अनुसन्धान टुंग्याएर प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ ।

    धितोपत्र कसुरमा १० कम्पनी र ७० भन्दा बढी व्यक्ति संलग्न रहेको निष्कर्ष निकालिएको छ ।

    अनुसन्धानमा हिमालयन रि–इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स, हिमालयन सेक्युरिटी बैंकर, हिमालयन क्यापसर्भ, हिमालयन इन्भेष्टमेन्ट बैंकर, क्रेस्ट माइक्रो इन्स्योरेन्स, प्रोएक्टिभ माइक्रो इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स, गार्डियन माइक्रो लाइफ र भृकुटी स्टक ब्रोकर कम्पनीको संलग्नता औंल्याइएको छ ।

    सिआइबीले तत्कालीन अध्यक्ष शेखर गोल्छा, दीपक भट्ट, शंकर ग्रुपका सुलभ अग्रवालसहित विभिन्न कम्पनीका सञ्चालक तथा पदाधिकारीविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ ।

    उनीहरूले सर्कुलर ट्रेडिङमार्फत सेयर बजारमा कृत्रिम कारोबार गरेको आरोप छ ।

    यस प्रकरणमा दीपक भट्ट र सुलभ अग्रवाल दुई महिनादेखि थुनामा छन् ।

    धितोपत्र, बिमा र बैंकिङ कसुरपछि उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा पनि दायर गर्ने तयारी भइरहेको छ ।

    सरकारी निकायहरूले यसलाई नेपालकै ठूलो आर्थिक अपचलनमध्ये एक मानेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images