images
images
  • प्रधानमन्त्री बने भीष्मराज आङ्देम्बे, अन्य मन्त्रीमा को–को ?

    काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारको कामकारबाहीको निगरानी र संसदीय भूमिकालाई प्रभावकारी बनाउन ‘छाया सरकार’ गठन गरेको छ ।

    संसदीय दलका नेता भीष्मराज आङ्देम्बेलाई ‘छाया प्रधानमन्त्री’ तोक्दै कांग्रेसले १७ मन्त्रालयका लागि छायामन्त्रीको जिम्मेवारी बाँडफाँट गरेको हो ।

    गृहदेखि अर्थ, परराष्ट्र, शिक्षा, स्वास्थ्य, ऊर्जा, पर्यटनलगायत सबै मन्त्रालयमा सांसदहरूलाई जिम्मेवारी दिइएको छ ।

    कांग्रेसका अनुसार मन्त्रालयगत गतिविधिको निगरानी, जनसरोकारका विषय उठान तथा संसदीय बहसलाई प्रभावकारी बनाउने उद्देश्यले यो अभ्यास गरिएको हो ।

    यसअघि पनि केपी शर्मा ओली नेतृत्वको तत्कालीन नेकपा सरकारका बेला कांग्रेसले शेरबहादुर देउवाको नेतृत्वमा छाया सरकार गठन गरेको थियो ।

    राजनीतिक विश्लेषकहरूका अनुसार छाया सरकारले सरकारका गतिविधिमाथि प्रभावकारी खबरदारी गर्न सके लोकतान्त्रिक अभ्यासलाई थप बल पुग्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images