images
images
  • विश्व शान्तिमा नेपाली सेनाको योगदान महत्वपूर्ण : प्रधान सेनापति सिग्देल

    काठमाडौँ – प्रधान सेनापति अशोकराज सिग्देलले संयुक्त राष्ट्रसङ्घको बडापत्रमा आधारित भई राष्ट्रसङ्घीय शान्ति मिसनका माध्यमबाट विश्वका विभिन्न देशमा नेपाली सेनाले पुर्याउँदै आएको योगदान विश्व शान्तिका लागि महत्वपूर्ण रहेको बताएका छन् ।

    संयुक्त राष्ट्रसङ्घीय शान्ति सैनिकको अन्तरराष्ट्रिय दिवसका अवसरमा काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा आज आयोजित कार्यक्रममा उनले नेपाली सेनाले विश्वमा शान्ति स्थापनार्थ पु¥याएको ऐतिहासिक योगदानको स्मरण गरे ।

    नेपाली सेनाको मुख्य लक्ष शान्ति स्थापना गर्नु हो भन्दै प्रधान सेनापति सिग्देलले यही उद्देश्यमा अटल रहेर नेपाली सेनाले काम गरिरहेको स्पष्ट गरे । कामप्रतिको प्रतिबद्धता, व्यावसायिकता र इमान्दारिता नेपाली सेनाको पहिचान रहेको उल्लेख गर्दै उहाँले नेपाली सेनाले विश्वस्तरमा आर्जन गरेको प्रतिष्ठा नेपाल र नेपालीका लागि गौरवको विषय हो भने ।

    विभिन्न मिसनमा कार्यरत शान्ति सैनिकहरुलाई सम्बोधन गर्दै प्रधान सेनापति सिग्देलले भनेयो, “हाल विभिन्न मिसनमा खटिएका तथा निकट भविष्यमा खटिन लागेका सबै शान्ति सैनिकहरू, तपाईंहरूको सेवाले द्वन्द्वका कारण जोखिममा परेका विश्वका लाखौँ नागरिकको आशा र भरोसा बोकेको हुन्छ । तपाईँहरूको व्यावसायिकता, करुणा, इमानदारिता र त्यागले नेपालको वास्तविक भावनाको प्रतिबिम्बित गर्दछ । यही तथ्यलाई आत्मसात् गरेर आफ्नो शान्ति स्थापना कार्यमा लाग्नुहोला ।”

    नेपाल सदैव विश्व शान्तिप्रति समर्पित रहँदै आएको बताउँदै प्रधान सेनापतिले शान्ति स्थापना कार्यका बहुआयामिक चुनौतीहरूको सामना गर्दै नेपाली शान्ति सैनिक जटिल र परिवर्तनशील परिस्थितिमा पनि अनुशासन, कर्तव्यवोध र पेशाप्रतिको समर्पणभावका पक्षमा अटल रहेकामा गौरव गरे ।  विश्व शान्ति स्थापनाका लागि नेपाली सेनालाई आवश्यक सहयोग र विश्वास प्रदान गरेकामा संयुक्त राष्ट्रसङ्घ, विश्व समुदाय, रक्षा तथा परराष्ट्र मन्त्रालयसहित सम्बद्ध सबैप्रति उनले धन्यवाद व्यक्त गरे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images