images
images
  • अदालतले पूर्वसभामुख महरासँग माग्यो १ लाख धरौटी

    काठमाडौं । विशेष अदालतले पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको भ्रष्टाचार मुद्दामा १ लाख रुपैयाँ धरौटी माग गरेको छ।

    सोमबार बयान र थुनछेक बहसपछि विशेष अदालतले महरालाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो। महरा अदालतमा उपस्थित भई बयान दिएका थिए।

    भेपभित्र लुकाएर सुन तस्करी गरिएको प्रकरणमा सात करोड ७८ लाख रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महरासहित अन्यविरुद्ध मुद्दा दायर गरेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images