images
images
  • दिल्ली पुगे रवि लामिछाने, भाजपा नेताहरूद्वारा स्वागत

    काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा पाँचदिने भ्रमणका लागि दिल्ली पुगेका छन्।

    दिल्ली विमानस्थलमा उनलाई भाजपाका महासचिव अरुण सिंह र विदेश विभाग प्रमुख विजय चौथाइवालेले स्वागत गरेका थिए।

    भ्रमणका क्रममा लामिछानेले भाजपाका अध्यक्ष नितिन नविन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। उनी जेठ २२ गते स्वदेश फर्कनेछन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images