images
images
  • प्रमको न राष्ट्रिय पोशाक न औपचारिक भाषा : पहिरण खेलाडी, बोली गुन्डाको जस्तो

    काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह बालेनले संसद्मा दिएको ‘नेपालले पनि भारतको भूमि मिचेको’ अभिव्यक्तिपछि विवाद चर्किएको छ ।

    सोमबारको प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलहरूले उक्त विषयलाई लिएर सरकारको आलोचना गरेका छन् ।

    नेकपा (एमाले)का प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्री शाहले संसद्को गरिमा र मर्यादामाथि बारम्बार प्रश्न उठाएको आरोप लगाए ।

    उनले प्रधानमन्त्रीको पोशाकप्रति समेत टिप्पणी गर्दै सेनासँगको कार्यक्रममा दौरासुरुवाल लगाउने प्रधानमन्त्री संसद्मा भने फुटबल खेल्ने पोशाकमा उपस्थित भएको बताए ।

    त्यस्तै उनले हालसम्म राष्ट्रिय पोशाक लगाएका छैनन् भने संसद्मा औपचारिक भाषाको प्रयोग गरेको देखिँदैन ।

    महरले विवादास्पद भनाइ संसद्को अभिलेखबाट हटाउन र प्रधानमन्त्रीले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images