images
images
  • संसद्‌मा ग्याङ्ग फाइट गर्नेलाई कारबाही गर्दै सभामुख, को–को हुन् लडाकु सांसद ? (नामावलीसहित)

    काठमाडौं– प्रतिनिधिसभामा आइतबार भएको धकेलाधकेल र नाराबाजीपछि सभामुख डोलप्रसाद अर्यालले अमर्यादित व्यवहारमा संलग्न सांसदमाथि छानबिन गर्ने विषयमा संसद् सचिवालयसँग परामर्श थालेका छन् ।

    विपक्षी दलका सांसदहरूले वेल घेराउ गर्दै विरोध जनाउँदा सांसद र मर्यादापालकबीच घम्साघम्सी भएको थियो ।

    घटनामा केही मर्यादापालक र सांसद सामान्य घाइते भएका छन् भने केही मर्यादापालकको ब्याचसमेत हराएको बताइएको छ ।

    नयाँ प्रतिनिधिसभा नियमावलीअनुसार अभद्र व्यवहार गर्ने सांसदलाई सभामुखले चेतावनी दिन, बैठकबाट निष्कासन गर्न वा बढीमा १५ दिनसम्म निलम्बन गर्न सक्ने व्यवस्था छ ।

    बैठकमा सत्तापक्षी आशिका तामाङ, रिगला यादव। आरेन राई लगायतका सांसद कारबाहीको राडारमा छन् ।

    नेपालको संसदीय इतिहासमा अमर्यादित व्यवहारका घटना नयाँ भने होइनन् ।

    विगतमा सांसद हृदयेश त्रिपाठी, गोल्छे सार्की, विश्वेन्द्र पासवानलगायतलाई निलम्बन गरिएको नजिर छ ।

    तर धेरै घटनामा कारबाही नभएको वा प्रक्रिया अघि नबढेको उदाहरण पनि छन् ।

    यसपटकको घटनामा संलग्न सांसदमाथि नियमावलीअनुसार कारबाही प्रक्रिया अघि बढ्ने वा नबढ्ने विषयमा सभामुखले आन्तरिक छलफल गरिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images