images
images
  • बालेन अभिव्यक्ति मोदी रिझाउने रणनीति : भारतमा रातो कार्पेटमाथि रवि, मुनि देश

    काठमाडौं– श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा दिएको नेपाल–भारत सीमा सम्बन्धी अभिव्यक्तिप्रति आपत्ति जनाउँदै विज्ञप्तिमार्फत विरोध जनाएको छ ।

    पार्टीका अध्यक्ष हर्क सापाङ (हर्क राज राई)द्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रधानमन्त्रीले भारत भ्रमणअघि संसद्मा दिएको अभिव्यक्तिले नेपालको राष्ट्रिय हित, सीमा सुरक्षा र भौगोलिक अखण्डतामाथि प्रश्न उठाएको आरोप लगाइएको छ ।

    विज्ञप्तिअनुसार प्रधानमन्त्रीले संसद्मा रोस्ट्रमबाट नेपालले भारतको भूमि धेरै ठाउँमा मिचेको छ भन्ने आशयको अभिव्यक्ति दिएको भन्दै पार्टीले त्यसप्रति गम्भीर असहमति जनाएको हो ।

    श्रम संस्कृति पार्टीले नेपालले मिचिएको आफ्नो भूमि फिर्ता गर्नुपर्ने माग गर्दै आएको उल्लेख गर्दै प्रधानमन्त्रीको भनाइले नेपालको दाबीलाई कमजोर बनाउने जिकिर गरेको छ ।

    पार्टीले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भूमि भएको आफ्नो अडान दोहोर्याउँदै सरकारले सीमा विवादका विषयमा स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने माग गरेको छ ।

    विज्ञप्तिमा प्रधानमन्त्रीको अभिव्यक्तिले अन्तर्राष्ट्रिय समुदायमा नेपालको छवि र अवस्थाबारे अन्योल सिर्जना गर्न सक्ने दाबी गरिएको छ ।

    त्यसैगरी विज्ञप्तिमा सरकारले सीमा क्षेत्रमा देखिएका समस्या समाधान गर्न नसकेको, सीमा सुरक्षामा पर्याप्त ध्यान नदिएको तथा नेपाली नागरिकमाथि हुने गरेका घटनामा प्रभावकारी कदम चाल्न नसकेको आरोप पनि लगाइएको छ ।

    श्रम संस्कृति पार्टीले प्रधानमन्त्री र सरकारको उक्त भनिएको अभिव्यक्तिप्रति घोर आपत्ति जनाउँदै राष्ट्रिय स्वाधीनता, सीमा सुरक्षा र भौगोलिक अखण्डताको संरक्षणमा दृढ रहन सरकारलाई आग्रह गरेको छ ।

    त्यस्तै शाहको अभिव्यक्ति मोदी रिझाउने रणनीति भएको विश्लेषकहरूले टिप्पणी गरेका छन् ।

    उनको विवादास्पद अभिव्यक्ति आएको पछिल्लो दिन रास्वपा सभापति रवि लामिछाने भारत प्रस्थान गरेका छन् ।

    त्यहाँ उनले भारतीय सत्तारूढ दल भाजपासँग छलफल गर्नेछन् ।

    भारतमा रविलाई स्वागत गर्न रातो कार्पेट बिछ्याइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images