काठमाडौं– प्रतिनिधिसभा बैठक कक्षमा सभामुख र सांसदबीचको दूरी बढाइएको छ ।
आइतबारको बैठकमा सांसदहरू सभामुखको आसनसम्म पुगेपछि संसद् सचिवालयले फ्लोरको अगाडिका दुई रो हटाएको हो ।
संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सुरक्षा र व्यवस्थापनलाई ध्यानमा राख्दै उक्त निर्णय गरिएको हो ।
प्रतिनिधिसभा नियमावली पारित गर्ने क्रममा विपक्षी दलहरूले थप छलफलको माग गर्दै वेल घेराउ र नाराबाजी गरेका थिए ।
तनावपूर्ण अवस्थाबीच सभामुख डिपी अर्यालले मर्यादापालकको घेरामा बसेर बैठक सञ्चालन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्






















