images
images
  • पछिल्लो २४ घण्टामा कुन प्रदेशमा कतिले गुमाए ज्यान ?

    काठमाडौं– देशभर पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने ११३ जना घाइते भएका छन् ।

    नेपाल प्रहरीकाअनुसार सबैभन्दा बढी मानवीय क्षति मधेश प्रदेशमा भएको छ ।

    मधेश प्रदेशमा ३० जना घाइते भएका छन् भने मृत्युको घटना भने शून्य रहेको छ ।

    त्यस्तै कोशी प्रदेशमा २९ जना, बागमती प्रदेशमा १४ जना, सुदूरपश्चिम प्रदेशमा १२ जना, काठमाडौं उपत्यकामा ११ जना, लुम्बिनी प्रदेशमा ६ जना र कर्णाली प्रदेशमा १ जना घाइते भएका छन् ।

    मृत्युका घटनातर्फ बागमती प्रदेशमा २ जनाको ज्यान गएको छ भने काठमाडौं उपत्यका र गण्डकी प्रदेशमा १र१ जनाको मृत्यु भएको छ ।

    कोशी, मधेश, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा भने पछिल्लो २४ घण्टामा सवारी दुर्घटनाबाट मृत्यु भएको छैन ।

    तथ्यांकअनुसार देशभर भएका दुर्घटनामा कुल ४ जनाले ज्यान गुमाएका छन् भने ११३ जना घाइते भएका छन् ।

    सवारी दुर्घटनाका घटनाहरूले सडक सुरक्षा र ट्राफिक नियम पालनाको आवश्यकता अझै चुनौतीपूर्ण रहेको देखाएको छ ।

    सुरक्षा निकायले चालकलाई गति नियन्त्रणमा राख्न, मादक पदार्थ सेवन गरी सवारी नचलाउन तथा ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ ।

    दुर्घटनाको जोखिम कम गर्न सडक सुरक्षासम्बन्धी सचेतना र निगरानीलाई थप प्रभावकारी बनाउनुपर्ने देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images