images
images
  • सरकारले खारेज गर्दै सहकारी संस्था र मेडिकल कजेज

    काठमाडौं– सरकारले एकैपटक २५ वटा सरकारी संस्था खारेज गर्ने निर्णय गरेको छ ।

    मन्त्रिपरिषद्को ३० वैशाखको बैठकले किसान आयोग, समाज कल्याण परिषद्‌, बर्दिवास, बुटवल र सुर्खेत मेडिकल कलेज पूर्वाधार आयोजना लगायतका संरचना खारेज गर्ने निर्णय गरेको हो ।

    सरकारले दोहोरो कार्यक्षेत्र, अनुत्पादक संरचना र बढ्दो वित्तीय भारलाई आधार बनाएर पुनर्संरचना प्रक्रिया अघि बढाएको जनाएको छ ।

    उच्चस्तरीय कार्यदलको सिफारिसका आधारमा ५५ संस्थामध्ये २५ खारेज, ६ एकीकरण, १८ पुनर्संरचना र ६ वटा प्रदेश तथा स्थानीय तहमा हस्तान्तरण गर्ने निर्णय गरिएको हो ।

    खारेजीमा परेका संस्थामा राष्ट्रिय किसान आयोग, कपास विकास समिति, नगर विकास समितिहरू, राष्ट्रिय बालअधिकार परिषद्‌, समाज कल्याण परिषद्‌ र फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान पूर्वाधार निर्माण समिति समेत छन् ।

    कालीगण्डकी–तिनाउ बहुउद्देश्यीय आयोजना पनि सरकारले बन्द गर्ने निर्णय गरेको छ ।

    स्वास्थ्य क्षेत्रमा भने चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई गाभेर एउटै स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने तयारी गरिएको छ ।

    कोशी, सगरमाथा र नारायणी अस्पताललाई सम्बन्धित प्रदेश सरकारलाई हस्तान्तरण गरिने भएको छ ।

    सरकारले सबै मन्त्रालयलाई छ हप्ताभित्र कार्यान्वयन प्रक्रिया टुंग्याउन निर्देशन दिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images