काठमाडौं – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार गोलभेँडा ठूलो ९नेपाली र भारतीय० प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा सानो (लोकल) ३० रुपैयाँ, सानो (टनेल र तराई) ६० रुपैयाँ, आलु रातो (लाम्चो र गोलो) ५५ रुपैयाँ, आलु रातो (भारतीय) ४० रुपैयाँ र आलु सेतो ४० रुपैयाँ तोकिएको छ । प्याज सुकेको (भारतीय) प्रतिकिलो ९० रुपैयाँ, गाजर (लोकल) १०० रुपैयाँ, गाजर (तराई) ७० रुपैयाँ, बन्दा (लोकल) ३० रुपैयाँ, काउली (स्थानीय) ५० रुपैयाँ, काउली स्थानीय (ज्यापु) ६० रुपैयाँ र काउली ९तराई० ३५ रुपैयाँ कायम गरिएको छ ।
त्यस्तै, रातो मूला प्रतिकिलो ३५ रुपैयाँ, सेतो मूला (हाइब्रिड) ३० रुपैयाँ, भन्टा लाम्चो ४० रुपैयाँ, भन्टा डल्लो ६० रुपैयाँ, तने बोडी १०० रुपैयाँ र मकै बोडी ७० रुपैयाँ निर्धारण गरिएको छ ।
यसैगरी, घिउ सिमी (लोकल र हाइब्रिड) प्रतिकिलो १०० रुपैयाँ, घिउ सिमी (राजमा) १५० रुपैयाँ, टाटे सिमी ९० रुपैयाँ, तितो करेला ९० रुपैयाँ, लौका ९० रुपैयाँ, परबर (लोकल) ९० रुपैयाँ, परबर (तराई) १२० रुपैयाँ, चिचिण्डो ४० रुपैयाँ, घिरौँला ९० रुपैयाँ, झिगुनी ९० रुपैयाँ, फर्सी पाकेको ७० रुपैयाँ, फर्सी हरियो (लाम्चो र डल्लो) ४० रुपैयाँ तथा भिण्डी १२० रुपैयाँ प्रतिकिलो तोकिएको छ ।
त्यसैगरी, सखरखण्ड प्रतिकिलो ७० रुपैयाँ, बरेला ६० रुपैयाँ, पिँडालु ७० रुपैयाँ, इस्कुस २० रुपैयाँ, रायो साग ८० रुपैयाँ, पालुङ्गो साग १५० रुपैयाँ, चम्सुरको साग १५० रुपैयाँ, तोरीको साग ८० रुपैयाँ, मेथीको साग १५० रुपैयाँ, हरियो प्याज १५० रुपैयाँ, बकुला १२० रुपैयाँ र तरुल ९० रुपैयाँ कायम गरिएको छ ।
च्याउ (कन्य) प्रतिकिलो ३०० रुपैयाँ, च्याउ (डल्ले) ३५० रुपैयाँ, राजा च्याउ ३२० रुपैयाँ र सिताके च्याउ एक हजार रुपैयाँ निर्धारण गरिएको छ । ब्रोकाउली प्रतिकिलो १८० रुपैयाँ, चुकुन्दर ९० रुपैयाँ, सजीवन २५० रुपैयाँ, रातो बन्दा १८० रुपैयाँ, जिरीको साग १५० रुपैयाँ, सेलरी ५०० रुपैयाँ, पार्सले दुई हजार ८०० रुपैयाँ, सौफको साग १५० रुपैयाँ, पुदिना ७०० रुपैयाँ र गान्टे मूला १५० रुपैयाँ तोकिएको छ ।
इमली प्रतिकिलो १८० रुपैयाँ, तामा १६० रुपैयाँ, तोफु १६० रुपैयाँ, गुन्द्रुक ३५० रुपैयाँ र रुख टमाटर १५० रुपैयाँ कायम गरिएको समितिले जनाएको छ । फलफूलतर्फ स्याउ (फुजी र जुम्ला) प्रतिकिलो ३५० रुपैयाँ, स्याउ (मुस्ताङ) २५० रुपैयाँ, केरा (नेपाली र मालभोग) दर्जनको १५० रुपैयाँ, कागती ३०० रुपैयाँ, अङ्गुर (हरियो) ५०० रुपैयाँ र अङ्गुर (कालो) ६०० रुपैयाँ तोकिएको छ ।
त्यस्तै, तरबुजा हरियो प्रतिकिलो ५० रुपैयाँ, मौसम २०० रुपैयाँ, जुनार २०० रुपैयाँ, भुइँकटहर प्रतिगोटा २०० रुपैयाँ, काँक्रो ९लोकल० ८० रुपैयाँ, काँक्रो (हाइब्रिड) ४० रुपैयाँ, काँक्रो (लोकलक्रस) ८० रुपैयाँ र निबुवा ६० रुपैयाँ कायम गरिएको छ ।
नासपाती (चाइनिज) प्रतिकिलो ३०० रुपैयाँ, मेवा (नेपाली) ६० रुपैयाँ, मेवा (भारतीय) १२० रुपैयाँ, अम्बा ३०० रुपैयाँ, लप्सी १०० रुपैयाँ, स्ट्रबेरी ५०० रुपैयाँ, किबी ३५० रुपैयाँ, सरिफा ३५० रुपैयाँ, आभोकाडो ३५० रुपैयाँ र अमला ८० रुपैयाँ निर्धारण गरिएको छ ।
यसैगरी, नरिवल (काँचो) प्रतिकिलो ८० रुपैयाँ, नरिवल (हरियो) २०० रुपैयाँ, ड्रागन फ्रुट (नेपाली) ५०० रुपैयाँ, अदुवा ९० रुपैयाँ, खुर्सानी सुकेको ५५० रुपैयाँ, खुर्सानी हरियो (लाम्चो र माछे) १२० रुपैयाँ तथा खुर्सानी हरियो (अकबरे) ३५० रुपैयाँ तोकिएको छ ।
भेडे खुर्सानी प्रतिकिलो १०० रुपैयाँ, लसुन हरियो १५० रुपैयाँ, हरियो धनियाँ १५० रुपैयाँ, लसुन सुकेको (चाइनिज र नेपाली) २६० रुपैयाँ, छ्यापी (हरियो) २०० रुपैयाँ र छ्यापी (सुकेको) १५० रुपैयाँ कायम गरिएको छ ।
माछातर्फ सुकेको माछा प्रतिकिलो एक हजार रुपैयाँ, ताजा माछा (रहु) ३७० रुपैयाँ, ताजा माछा (बचुवा) ३५० रुपैयाँ र ताजा माछा (छडी) ३०० रुपैयाँ निर्धारण गरिएको समितिले जनाएको छ ।





















