images
images
  • ‘यतीमा जन्ती’ अफरः बेहुला-बेहुलीलाई निःशुल्क टिकट

    काठमाडौं– विवाहको मौसमलाई थप उत्साहपूर्ण बनाउँदै यती एअरलाइन्सले ‘यतीमा जन्ती’ विशेष अभियान सार्वजनिक गरेको छ । यस अभियानअन्तर्गत १५ जनाभन्दा बढी यात्रुको समूह बुकिङमा बेहुला र बेहुलीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराइनेछ ।

    योजनाअनुसार १५ जनाभन्दा बढी यात्रुको समूह बुकिङ गर्दा बेहुलाले दुवैतर्फको यात्रा (आउँदा र जाँदा) निःशुल्क टिकट प्राप्त गर्नेछन् भने बेहुलीले एकतर्फी निःशुल्क टिकट पाउनेछिन् ।

    विवाह तथा शुभकार्यमा सहभागी हुने परिवार, आफन्त र साथीभाइको सामूहिक यात्रालाई सहज, सुविधाजनक र किफायती बनाउने उद्देश्यले यती एअरलाइन्सले यो विशेष योजना ल्याएको हो ।

    विवाहको खुसीलाई यात्रासँग जोड्दै ग्राहकलाई थप बचत र विशेष अनुभव प्रदान गर्ने अभियानले विवाह समारोहमा सहभागी हुने समूहका यात्रुहरूलाई आकर्षित गर्ने यतीको अपेक्षा रहेको छ ।

    यतीले यात्रुहरूको आवश्यकता र विशेष अवसरलाई ध्यानमा राख्दै विभिन्न आकर्षक बिक्री योजना तथा सेवामार्फत हवाई यात्रालाई सहज, सुविधाजनक र सम्झनायोग्य बनाउने प्रयास गर्दै आएको छ ।

    यस अभियानअन्तर्गत बुकिङ तथा थप जानकारीका लागि यती एअरलाइन्सको सम्पर्क नम्बर +977-01-5970074 मा सम्पर्क गर्न कम्पनीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images