images
images
  • यस्तो छ आज कालीमाटी बजारमा तरकारी तथा फलफूलको थोक मूल्य

    काठमाडौं – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि विभिन्न तरकारी, फलफूल तथा कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार गोलभेँडा ठूलो (नेपाली र भारतीय) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा सानो (लोकल) ३० रुपैयाँ, टनेल र तराईको ६० रुपैयाँ कायम गरिएको छ। आलु रातो ९लाम्चो, गोलो र भारतीय० प्रतिकिलो ५५ रुपैयाँ तथा सेतो आलु ४० रुपैयाँ तोकिएको छ । सुकेको भारतीय प्याज प्रतिकिलो ९० रुपैयाँ, गाजर (लोकल) १०० रुपैयाँ र तराईको १२० रुपैयाँ रहेको छ ।

    त्यसैगरी, बन्दा प्रतिकिलो ३० रुपैयाँ, काउली (स्थानीय) ५० रुपैयाँ र तराईको ४० रुपैयाँ, रातो मूला र सेतो मूला प्रतिकिलो ३० रुपैयाँ कायम गरिएको छ। भन्टा लाम्चो ४० रुपैयाँ, डल्लो ५० रुपैयाँ, तने बोडी १०० रुपैयाँ र मकै बोडी ७० रुपैयाँ रहेको छ ।

    मटरकोसा प्रतिकिलो १५० रुपैयाँ, घिउ सिमी (लोकल र हाइब्रिड) १२० रुपैयाँ, राजमा सिमी १३० रुपैयाँ र टाटे सिमी ९० रुपैयाँ निर्धारण गरिएको छ । तितो करेला १०० रुपैयाँ, लौका ९० रुपैयाँ, परबर (लोकल) १०० रुपैयाँ र तराईको १२० रुपैयाँ रहेको छ । चिचिण्डो प्रतिकिलो ४० रुपैयाँ, घिरौँला १०० रुपैयाँ, झिगुनी ९० रुपैयाँ, पाकेको फर्सी ८० रुपैयाँ, हरियो फर्सी ४० रुपैयाँ र भिण्डी १२० रुपैयाँ कायम गरिएको समितिले जनाएको छ ।

    सखरखण्ड प्रतिकिलो ७० रुपैयाँ, बरेला ६० रुपैयाँ, पिँडालु ७० रुपैयाँ, इस्कुस २० रुपैयाँ, रायोको साग ८० रुपैयाँ, पालुङ्गो र चम्सुरको साग १५० रुपैयाँ तथा तोरीको साग ८० रुपैयाँ रहेको छ । मेथीको साग र हरियो प्याज प्रतिकिलो १५० रुपैयाँ, बकुला १०० रुपैयाँ र तरुल ९० रुपैयाँ तोकिएको छ ।

    च्याउतर्फ कन्य च्याउ प्रतिकिलो ३३० रुपैयाँ, डल्ले च्याउ ४०० रुपैयाँ, राजा च्याउ ३२० रुपैयाँ र सिताके च्याउ एक हजार रुपैयाँ कायम गरिएको छ। ब्रोकाउली प्रतिकिलो १८० रुपैयाँ, चुकुन्दर ९० रुपैयाँ, सजीवन २५० रुपैयाँ, रातो बन्दा १८० रुपैयाँ र जिरीको साग १५० रुपैयाँ रहेको छ ।

    त्यस्तै, सेलरी प्रतिकिलो ५०० रुपैयाँ, पार्सले दुई हजार ८०० रुपैयाँ, सौफको साग १५० रुपैयाँ, पुदिना ७०० रुपैयाँ, गान्टे मूला १५० रुपैयाँ, इमली १८० रुपैयाँ, तामा १६० रुपैयाँ, तोफु १६० रुपैयाँ, गुन्द्रुक ३५० रुपैयाँ र रुख टमाटर १५० रुपैयाँ निर्धारण गरिएको छ ।

    फलफूलतर्फ स्याउ (फुजी र जुम्ला) प्रतिकिलो ३५० रुपैयाँ तथा मुस्ताङको स्याउ २५० रुपैयाँ कायम गरिएको छ। नेपाली र मालभोग केरा दर्जनको १५० रुपैयाँ, कागती प्रतिकिलो ३०० रुपैयाँ, अनार ४०० रुपैयाँ, नेपाली सुन्तला १२० रुपैयाँ, हरियो तरबुजा ८० रुपैयाँ, मौसम र जुनार २०० रुपैयाँ तोकिएको छ। भुइँकटहर प्रतिगोटा २०० रुपैयाँ रहेको छ ।

    काँक्रो ९लोकल० प्रतिकिलो ९० रुपैयाँ, हाइब्रिड ४० रुपैयाँ र लोकलक्रस ९० रुपैयाँ कायम गरिएको छ। निबुवा प्रतिकिलो ६० रुपैयाँ, चाइनिज नासपाती ३०० रुपैयाँ, नेपाली मेवा ६० रुपैयाँ र भारतीय मेवा १२० रुपैयाँ रहेको छ। अम्बा प्रतिकिलो ३०० रुपैयाँ, लप्सी ८० रुपैयाँ, स्ट्रबेरी ५०० रुपैयाँ, किबी ३५० रुपैयाँ, सरिफा ३०० रुपैयाँ, एभोकाडो ३५० रुपैयाँ र अमला ८० रुपैयाँ निर्धारण गरिएको छ।

    यसैगरी, काँचो नरिवल प्रतिकिलो ८० रुपैयाँ र हरियो नरिवल २०० रुपैयाँ, नेपाली ड्रागन फ्रुट ५०० रुपैयाँ तथा अदुवा १०० रुपैयाँ कायम गरिएको छ। सुकेको खुर्सानी प्रतिकिलो ५५० रुपैयाँ, हरियो खुर्सानी (लाम्चो) ८० रुपैयाँ, बुलेट १०० रुपैयाँ, माछे १२० रुपैयाँ र अकबरे ३५० रुपैयाँ रहेको छ । भेडे खुर्सानी प्रतिकिलो १०० रुपैयाँ, हरियो लसुन र धनियाँ १५० रुपैयाँ तथा सुकेको लसुन (चाइनिज र नेपाली) २६० रुपैयाँ तोकिएको छ।

    छ्यापी (हरियो र सुकेको) प्रतिकिलो २०० रुपैयाँ, सुकेको माछा एक हजार रुपैयाँ, ताजा माछा ९रहु० ३७० रुपैयाँ, (बचुवा) ३५० रुपैयाँ र (छडी) ३३० रुपैयाँ निर्धारण गरिएको समितिले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images