काठमाडौं– साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार परिसूचक नेप्से ८.५७ अंकले घटेर २ हजार ६२८ अंकमा झरेको छ । अघिल्लो दिन पनि नेप्से १०.८९ अंकले घटेको थियो ।
बजार घटेसँगै कारोबार रकमसमेत घटेको छ । बिहीबार ५ अर्ब ४८ करोड रुपैयाँको कारोबार भएकोमा शुक्रबार ४ अर्ब ८२ करोड रुपैयाँमा सीमित भयो ।
आज ५९ कम्पनीको सेयर मूल्य बढ्दा २०३ कम्पनीको घटेको छ भने १७ कम्पनीको मूल्य स्थिर रह्यो । कारोबार भएका समूहहरूमध्ये बैंकिङ ०.०७ र निर्जीवन बीमा ०.३० प्रतिशतले बढे। बाँकी अधिकांश समूह घटेका छन् ।
आज एनआईसी एसिया बैंकको सेयर मूल्य सर्वाधिक ६.०८ प्रतिशतले बढ्दा सोपान फर्मास्युटिकल्सको मूल्य सबैभन्दा धेरै ५.३७ प्रतिशतले घट्यो । कारोबार रकमका आधारमा लक्ष्मी सनराइज बैंक, ग्लोबल आईएमई बैंक, हिमालय ऊर्जा विकास कम्पनी र एनआईसी एसिया बैंक अगाडि रहे ।
प्रतिक्रिया दिनुहोस्





















