काठमाडौं– उच्च अदालत पाटनले ‘लालीबजार’ फिल्मको सफ्टकपी झिकाउन आदेश दिएको छ ।
न्यायाधीश स्वीकृति पराजुली र सूर्यप्रसाद पराजुलीको इजलासले षड्कोण आर्ट्सबाट फिल्मको सफ्टकपी मगाई हेरेर फिर्ता गर्ने निर्णय गरेको हो ।
यसअघि सर्वोच्च अदालतले फिल्म हेरेर निर्णय गर्न उच्च अदालतलाई निर्देशन दिएको थियो ।
सोही अनुसार बुधबारको इजलासमा फिल्म प्रदर्शन गरी दुवै पक्षसँग छलफलपछि अन्तरिम आदेशबारे निर्णय लिइने भएको छ ।
रोसनी नेपालीको निवेदनपछि अदालतमा मुद्दा अघि बढेको हो ।
फिल्म वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको थियो ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















