काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद कृष्णहरि बुढाथोकीले शिक्षा र स्वास्थ्य क्षेत्रमा लागू गरिएको हप्तामा दुई दिन बिदा (आइतबार र शनिबार)को निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई आग्रह गरेका छन् ।
प्रतिनिधिसभा बैठकमा उनले उक्त निर्णय व्यावहारिक नभएको भन्दै विद्यार्थीको पढाइ प्रभावित हुने र आकस्मिक स्वास्थ्य सेवामा नागरिकको पहुँच कमजोर हुने जोखिम रहेको बताए ।
उनले सार्वजनिक विद्यालयमा विद्यार्थी संख्या घट्दै गएको उल्लेख गर्दै विद्यालय समायोजन र आवासीय विद्यालयको अवधारणामा जान सरकारलाई सुझावसमेत दिए ।
साथै, सार्वजनिक शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधारमा ध्यान दिनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस्






















