काठमाडाैं-काठमाडौंको गोकर्णेश्वर नगरपालिका का वडा नं. २, ३ र ४ मा घातक ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ (बर्डफ्लु) पुष्टि भएपछि स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
नगरपालिकाले प्रभावित क्षेत्रमा रहेका कुखुरा, हाँस, बट्टाई लगायत पंक्षी तथा अन्डा र दाना नष्ट गर्ने कार्य सुरु गरेको जनाएको छ। संक्रमण फैलिन नदिन निसंक्रमण अभियान तीव्र बनाइएको छ।
बर्डफ्लु मानिसमा समेत सर्न सक्ने जोखिमयुक्त रोग भएकाले फार्ममा अनावश्यक आवतजावत रोक्न, ‘फुटबाथ’ प्रयोग गर्न, मासु राम्रोसँग पकाएर मात्र खान तथा पंक्षी अचानक बिरामी वा मरेमा तुरुन्त पशु सेवा कार्यालयमा जानकारी दिन आग्रह गरिएको छ।
प्रतिक्रिया दिनुहोस्























