images
images
  • ओलीको ३ करोड ८५ लाख उपचार खर्च पार्टीको कोषबाट सरकारलाई फिर्ता

    काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेपछि पूर्वराष्ट्रपति र पूर्वप्रधानमन्त्रीहरूको विदेश उपचार खर्चबापत राज्य कोषबाट गरिएको करिब ३ करोड ८५ लाख रुपैयाँ एमालेले पार्टी कोषबाट फिर्ता गरेको छ ।

    यस विषयमा पार्टीभित्र प्रश्न उठे पनि अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठकमा कुनै प्रतिक्रिया नदिएको बैठक स्रोतले जनाएको छ ।

    उपाध्यक्ष गोकर्ण बिष्टले कार्यकर्ताको लेबीबाट उठेको कोष प्रयोगबारे प्रश्न उठाएका थिए, तर ओलीले जवाफ नदिई बैठक सकिएको बताइएको छ ।

    पार्टीभित्र यस निर्णयबारे असन्तुष्टि र बहस बढिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images