images
images
  • प्रधानमन्त्री बालेनलाई संसद्मा उपस्थित गराउने रास्वपाको बाचा

    काठमाडौं– सत्तारूढ दल रास्वपाले प्रधानमन्त्री बालेनलाई संसद्मा प्रश्नोत्तरका लागि छिट्टै उपस्थित गराउने प्रतिबद्धता जनाएको छ ।

    प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति बैठकमा रास्वपा प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले यस्तो आश्वासन दिएका हुन् ।

    प्रधानमन्त्रीलाई संसद्मा उपस्थित गराउनुपर्ने माग गर्दै विपक्षी दलहरूले संसद् अवरोध गर्दै आएका छन् ।

    संसद् नियमावलीअनुसार संसद् सञ्चालन भएको पहिलो साता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर हुनुपर्ने व्यवस्था छ ।

    नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री आउने मिति स्पष्ट नभएसम्म संसद् बैठक अवरुद्ध गर्ने चेतावनी दिएका छन् ।

    विपक्षीले प्रधानमन्त्री आउने दिन तय गर्न र त्यसअघि बैठक स्थगन गर्नसमेत माग गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images