images
images
  • सप्तरीमा २०१ जनामा एचआईभी सङ्क्रमण, तीन वर्षयता बढ्दो

    काठमाडौं – सप्तरीमा २०१ जना एचआईभी सङ्क्रमित रहेको पाइएको छ। राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा रहेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको तथ्याङ्कअनुसार सङ्क्रमितमध्ये १०६ पुरुष, ८४ महिला र १० बालबालिका छन् ।

    उनीहरू अस्पतालमा रहेको उपचार केन्द्रमार्फत नियमित औषधि सेवन तथा उपचार गराइरहेका छन् । केन्द्रकी वरिष्ठ स्टाफ नर्स सुनिता यादवका अनुसार अस्पतालको सम्पर्कमा आएर उपचार गराउनेमध्ये २० देखि ५० वर्ष उमेर समूहका सङ्क्रमितको सङ्ख्या बढी छ ।

    उहाँका अनुसार २०८१ मा १८९ जना र २०८२ मा १९५ जना एचआईभी सङ्क्रमित थिए । पछिल्लो तीन वर्षयता जिल्लामा प्रत्येक वर्ष सङ्क्रमितको सङ्ख्या बढ्दै गएको तथ्याङ्कले देखाएको छ ।

    अस्पतालमा रहेको उपचार केन्द्रबाट १० जना बालबालिकाले समेत नियमित उपचार सेवा लिइरहेका छन् । स्वास्थ्यकर्मीका अनुसार कतिपय सङ्क्रमित उपचार केन्द्रको सम्पर्कमा आउन नचाहने भएकाले जिल्लामा वास्तविक सङ्क्रमितको सङ्ख्या अझ बढी हुन सक्ने अनुमान छ ।

    वरिष्ठ स्टाफ नर्स यादवले नियमित उपचारका लागि अस्पताल आउन नसक्ने सङ्क्रमितलाई घरमै पुगेर औषधि उपलब्ध गराउने व्यवस्था गरिएको बताए । गजेन्द्रनारायण सिंह अस्पतालमा विसं २०५२ देखि एचआईभी सङ्क्रमितको उपचार सेवा सुरु गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images