काठमाडौं– स्पेनमा आमनिर्वाचन अघिको अन्तिम टेलिभिजन सन्देशमा नेताहरूले आवासको समस्यालाई मूल मुद्दा बनाएका छन् । आइतबार स्पेनमा आमनिर्वाचनबाट वर्तमान प्रधानमन्त्री पेड्रो साँचेजले आफ्नो ८ वर्षे कार्यकाललाई अघि बढाउने सम्भावना कम रहेको सर्वेक्षणहरूले देखाएका छन् ।
अहिले साँचेजलाई हटाउन तम्सिएका कन्जरभेटिभ पिपुल्स पार्टी (पीपी) का नेता अल्बर्टो नुनेज फेइजोले दशौँ लाख नयाँ घर बनाउने घोषणा गरे । अहिलेसम्म पीपीले पहिलो स्थान पाउने प्रक्षेपण गरिएको छ । तेस्रो स्थान पाउने प्रक्षेपण गरिएको फक्स पार्टीसँग मिलेर पीपीले नयाँ सरकार बनाउने अनुमान गरिएको छ ।
फ्रान्सिस्को फ्रान्काको अधिनायकवादको अन्त्य भएर प्रजातन्त्र स्थापना भएको ५० वर्षमा अति दक्षिणपन्थी दल सत्तामा पुगेको छैन । फक्स पार्टी सत्तामा पुगे यो पहिलो पटक हुनेछ ।
फक्सका नेता स्यान्टियागो अबास्कलले कार्यक्रममा बोल्दै आफूले एकदम ठुलो घर चाहिनेका लागि मात्र काम बताएका छन् । स्पेनमा चार वामपन्थी दलको गठबन्धन बनेको छ । नयाँ गठबन्धनको नाम बोर्ड फ्रन्ट राखिएको छ । यसको नेतृत्व अडा कोलाउले गरेका छन् । उनले करको दायरा बढाएर जमानदारीको धारणाको अन्त्य गर्ने बताएका छन् ।
साँचेजले भने आफ्नो कार्यकालमा आवासको समस्या नभएको दाबी गरेका छन् । यसको समाधानका लागि आपत्कालीन अवधारणा ल्याएको बताए । स्पेनका दुई ठुला बहर बार्सिलोना र म्याड्रिड हुन् । तेस्रो ठुलो सहर भ्यालेन्सियामा भने आवासको समस्या धेरै नै छ ।
२५ वर्षीया नुफिया सिफोन्टसले आफूहरू परिवारसहित एक स्थानमा बस्न चाहेको भए पनि महँगीका कारण यो सम्भव नभएको बताएका छन् । उनीहरू आफूले कमाएको आधा रकम नै घर भाडामा जाने गरेको बताएका छन् ।
पछिल्लो आधा दशकमा स्पेनमा सबैभन्दा धेरै आवासको समस्या छ । तटीय क्षेत्रमा स्पेनमा सबैभन्दा धेरै आवासको व्यवस्थापन गर्न कठिनाइ छ । सो क्षेत्रको महँगीका कारण यस किसिमको समस्या आएको हो ।
साँचेजले अवासको समस्या समाधान गर्न ल्याएको इमर्जेन्सी योजना विधायिकाबाट पास हुन नसकेपछि उनले चुनावमा जाने निर्णय गरेका हुन् । स्पेनको कुल गार्हस्थ उत्पादन युरोपका अन्य देशका तुलनामा तीव्र गतिमा अघि बढिरहेको छ । यसका बाबजुद आवासको समस्यापछि जीवनयापनको समस्याले स्पेनलाई गाँजेको छ । दैनिक ज्यालाले नियमित काम कारबाही गर्न कठिनाइ उत्पन्न भएको छ ।
समाजवादीले ल्याएको नीतिलाई भङ्ग गर्दै ४० वर्षभन्दा कम उमेरकाले पहिलो पटक घर किन्न लागेको समयमा कर कटौती गर्ने बताए । उनले फक्स पार्टीले भने स्पेनमा घर बनाउन विदेशीका लागि भिन्न र स्पेनिसका लागि भिन्न नीति ल्याउने भएको छ ।
स्पेनमा अहिले उठेको तेस्रो मुद्दा आप्रवासनको हो । यसमा फक्स पार्टी अझ धेरै कठोर देखिएको छ । फक्सका विपक्षीहरूले भने स्पेनका न्यायिक रूपले आएर बसोबास गरेकाहरूलाई हटाउन कुनै नयाँ नीति आवश्यक नभएको जिकिर गर्न थालेका छन् ।
अहिले स्पेनका धेरै जना अन्य देशबाट आउनेहरूका कारण समस्या थपिएको जिकिरसहित दक्षिणपन्थी दल फक्ससँग निकट हुन थालेका छन् । वामपन्थी दलले भने सबैलाई समान व्यवहार गर्ने नीति लिएको छ ।

साँचेजको भने फरक धारणा थियो । उनले देशको अर्थतन्त्र सुधार गर्न अन्य देशको कामदारलाई सहज रूपमा स्वीकार गर्न आवश्यक रहेको बताए । अप्रिल महिनामा मात्र उनले ५ लाख आप्रवासीलाई कानुनी वैधता दिने निर्णय गरेका थिए । अन्तिम दिनको सभामा साँचेजले ज्यालादरमा वृद्धि गर्ने, पेन्सन वृद्धि गर्ने र यातायातमा सहुलियत प्रदान गर्ने घोषणा गरेका थिए ।
समाजवादीले दलले ८ वर्ष सत्तामा पकड जमाएको छ । अहिले सो दलले धेरै प्रगतिशील कार्यक्रमको घोषणा गरेको छ । यस कार्यक्रमको पछि चुनावी अभियान मात्र भएको पनि हुन सक्ने धेरैको आशङ्का छ ।
अहिले युरोपको राजनीतिमा दक्षिणपन्थी र वामपन्थी दुवै कित्ताको प्रभाव बढेको छ । चार दलको गठबन्धन बोर्ड फ्रान्टको स्थानका बारे भने विभिन्न आङ्कलन गरिएको छ । पोल ग्रफिक्सको नोभेम्बर २३ को सर्वेक्षणअनुसार सो ब्लकले ११ सिट जित्नेछ । युरो प्रोस्पेक्टले २६ नोभेम्बरमा सार्वजनिक गरेको सर्वेक्षणअनुसार सो गठबन्धनले १० देखि १५ सिटमा सफलता पाउने छ । नोभेम्बर २७ मा पोलिट प्रोको सर्वेक्षण सार्वजनिक गरिएको थियो । सो सर्वेक्षणअनुसार यस गठबन्धनले २५ सिट जित्नेछ ।
अहिले युरोपका धेरै देशमा समस्या थपिएका छन् । एकै पटक आधा दर्जन देशमा हजारौँ जना सडकमा उत्रिएर प्रदर्शन गर्नु सामान्य बनेको छ । यस समयमा धेरै देशमा सडकमा उठेको प्रदर्शनसँगै वामपन्थी कित्ताले पनि आफूलाई पुनः जागरण गरेका छन् ।
स्पेनमा पनि यसै भएको छ । सन् २०२३ को निर्वाचन भन्दा पछिको समयमा दक्षिणपन्थीको प्रभाव बढ्दै गएका कारण अन्य सबै पक्षको प्रभाव घटेको अनुमान गरिएको थियो ।
यसैबीचमा सेप्टेम्बरमा स्पेनको सडकमा पनि विद्रोहको आगो दन्किएको थियो । यस विद्रोहपछि धेरै मुद्दामा वामपन्थीहरूले आफूलाई स्थापित गराउने प्रयास गरेका थिए ।
युरोप मात्र होइन, पछिल्लो समय संसारमा नै अति दक्षिणपन्थीको प्रभाव बढेको साँचो हो । संसारमै बढेको अति दक्षिणपन्थी लहर र आन्दोलनले जागेको वामपन्थी आशाको परीक्षण आइतबार हुने निर्वाचनले नै तय गर्नेछ ।
-बीबीसी, सीएनबीसीलगायतको सहयोगमा


मनोज घिमिरे 


















