images
images
  • सुदूरपश्चिममा नेकपा र अन्यमा कांग्रेस–एमालेले सरकार गठन गर्दै, मधेसवादी दल बाइपास

    काठमाडौं– केन्द्रमा सत्ताको प्रभाव घटेपछि पुराना दलहरू प्रदेश सरकार फेरबदलको खेलमा सक्रिय भएका छन् ।

    पछिल्लो निर्वाचनपछि संघीय सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टी बलियो बनेसँगै कांग्रेस, एमाले, नेकपा, जसपा र जनमतजस्ता दलहरू प्रदेशमा सत्ता समीकरण मिलाउन लागेका हुन् ।

    मधेस प्रदेशमा जसपा र जनमत सरकारबाट बाहिरिएपछि एमाले सरकारमा सहभागी भएको छ ।

    मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत पाइसकेका छन् भने फेरि नयाँ समीकरण बन्ने चर्चा चलिरहेको छ ।

    कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आलोपालो नेतृत्वको सहमतिअनुसार सरकार परिवर्तनको तयारी भइरहेको छ ।

    कांग्रेस र एमालेबीच भएको पूर्वसहमतिअनुसार नेतृत्व हेरफेर हुनुपर्ने भए पनि अन्तिम निर्णय केन्द्रीय तहबाट हुने बताइएको छ ।

    कांग्रेसका सभापति गगनकुमार थापाले कोशी र कर्णालीमा चाँडै नयाँ सरकार बन्ने संकेत गरेका छन् ।

    यता एमाले भने केही प्रदेशमा वर्तमान सरकारकै निरन्तरताको पक्षमा देखिएको छ ।

    सुदूरपश्चिममा भने कांग्रेस, एमाले र नेकपाको संयुक्त सरकार बनाउने गृहकार्य भइरहेको छ ।

    नेकपा सबैभन्दा ठूलो दल भएकाले त्यहाँ नेकपाकै नेतृत्वमा सरकार बन्न सक्ने सम्भावना छ ।

    हाल सातमध्ये कोशी, लुम्बिनी र कर्णालीमा एमाले नेतृत्वको तथा मधेस, बागमती, गण्डकी र सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकार छ ।

    शीर्ष तहमा जारी छलफलअनुसार सातै प्रदेशमा नयाँ सत्ता समीकरण बन्ने सम्भावना बढेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images