काठमाडौं– जारी युद्धविरामकै बीच अमेरिकाले इरानको दक्षिणी सहर बन्दर अब्बास नजिक नयाँ आक्रमण गरेको छ ।
अमेरिकी सेनाले इरानी मिसाइल राखिएका स्थान र समुद्री माइन बिछ्याउन प्रयोग भइरहेका डुंगालाई निशाना बनाएको जनाएको छ ।
अमेरिकी सेन्ट्रल कमान्डले यो हमला ‘आत्मरक्षा’का लागि गरिएको दाबी गरेको छ ।
आक्रमणपछि पनि अमेरिकी विदेशमन्त्री मार्क रुवियोले अमेरिका–इरानबीच शान्ति सम्झौताको सम्भावना कायम रहेको बताएका छन् ।
इरानले भने घटनाबारे औपचारिक प्रतिक्रिया दिएको छैन ।
दुई देशबीच जारी वार्तामा ६० दिने युद्धविराम विस्तार, होर्मुज जलडमरूमध्य पुनः सञ्चालन र इरानको आणविक कार्यक्रमबारे थप छलफलका विषय समावेश रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















