images
images
  • प्रम बालेनले भारतसँग बिगारेको सम्बन्ध रविले सुधारलान् ?

    काठमाडौं– नेपाल–भारत सम्बन्धमा देखिएको अनिश्चितताबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने जेठ १९ र २० गते नयाँदिल्ली जाने भएका छन् ।

    रास्वपा उपनेता गणेश पराजुलीका अनुसार भ्रमणको मिति तय भए पनि भेटवार्ता र औपचारिक कार्यक्रम अझै टुंगो लागिसकेको छैन ।

    स्रोतहरूले लामिछानेले भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस जयशंकरसँग भेट गर्ने सम्भावना रहेको जनाएका छन् ।

    यसअघि भारतीय विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमण रद्द हुनु तथा उच्चस्तरीय कूटनीतिक भ्रमणहरू अनिश्चित बनेपछि नेपाल–भारत सम्बन्धलाई लिएर प्रश्न उठिरहेका छन् ।

    यही पृष्ठभूमिमा लामिछानेको दिल्ली भ्रमणलाई चासोका साथ हेरिएको छ ।

    यसैबीच भारतमा हुने भनिएको ‘बिग क्याट अलायन्स’ सम्मेलन स्थगित भएपछि परराष्ट्रमन्त्री शिशिर खनालको भ्रमण पनि प्रभावित भएको छ ।

    सम्मेलनकै अवसरमा हुने भनिएका भारतीय समकक्षीसँगका साइडलाइन वार्ताहरू समेत रोकिएका छन् ।

    कूटनीतिक असहजता बढिरहेका बेला रास्वपा सभापतिको भारत भ्रमणलाई सम्बन्ध पुनः सक्रिय बनाउने सम्भावित प्रयासका रूपमा हेरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images