काठमाडौं– सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भारत भ्रमणमा जाने भएका छन् ।
पत्नी निकिता पौडेल, सचिवालयका सदस्य र केही सांसदसहित उनी भारत जाने तयारीमा छन् ।
दुईदिने भ्रमणमा उनले भारतको सत्तारुढ दल तथा अन्य राजनीतिक दलका प्रतिनिधिसँग भेट गर्ने कार्यक्रम रहेको छ ।
भ्रमणको मिति छिट्टै तय हुने बताइएको छ ।
भारत भ्रमण सकेर स्वदेश फर्केपछि प्रधानमन्त्रीको दाबी गर्ने चर्चा चलेको छ ।
यद्यपि उनीविरुछ सहकारी ठगी सम्बन्धी मुद्दा छिनोफानो भएको छैन ।
तर, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा भने अदालतले फिर्ता लिएको छ,।
प्रतिक्रिया दिनुहोस्






















