images
images
  • गणतन्त्र दिवसमा प्रधानमन्त्री बालेन चुप बस्ने, राष्ट्रपतिले गर्ने

    काठमाडौं– प्रधानमन्त्री बालेन शाहले यस वर्षको गणतन्त्र दिवस मूल समारोहलाई सम्बोधन नगर्ने भएका छन् ।

    उनले समारोहलाई राष्ट्रपतिबाटै सम्बोधन गराउन मन्त्रिपरिषद्को निर्णयसहित राष्ट्रपति कार्यालयमा अनुरोध गरेको स्रोतले जनाएको छ ।

    सैनिक मञ्च टुँडिखेलमा हुने विशेष समारोहमा परम्परागत रूपमा प्रधानमन्त्रीले सम्बोधन गर्दै आएका थिए ।

    तर यस पटक मन्त्रिपरिषद्को सिफारिसअनुसार गणतन्त्रको प्रतीकका रूपमा राष्ट्रपतिले सम्बोधन गर्ने तयारी गरिएको छ ।

    संविधानको धारा ६६ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले विभिन्न औपचारिक जिम्मेवारी निर्वाह गर्ने व्यवस्था रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images