images
images
  • सभामुख नहुँदा संसद् बैठक प्रभावित, के होला बजेट अधिवेशन ?

    मकवानपुर– बागमती प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते दिउँसो १ बजेका लागि आह्वान गरिएको छ ।

    प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेश सरकारको सिफारिसमा अधिवेशन बोलाएका हुन् ।

    अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम, बजेटमाथि छलफल तथा ८ महिनादेखि रिक्त रहेको सभामुख चयन मुख्य एजेन्डा रहनेछ ।

    तत्कालीन सभामुख भुवनकुमार पाठकले गत असोज १ गते राजीनामा दिएका थिए ।

    सभामुख नहुँदा उपसभामुख अप्सरा चापागाईले संसद् सञ्चालन गरिरहेकी छन् ।

    राजनीतिक दलहरूबीच सहमति नजुट्दा सभामुख चयन प्रक्रिया प्रभावित हुँदै आएको छ ।

    यसअघि हिउँदे अधिवेशनमा दुई विधेयकमाथि सामान्य छलफल गरी समितिमा पठाइएको थियो ।

    आगामी अधिवेशनमा बजेट पारित, विधेयक अघि बढाउने र सभामुख चयन गर्ने मुख्य जिम्मेवारी रहने प्रदेश सभा सचिवालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images