images
images
  • सभापति गगन थापाले सुम्पेको कांग्रेस वरिष्ठ नेता बन्न मानेनन् पूर्णबहादुर खड्का र शेखर कोइराला

    काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा.शेखर कोइरालालाई ‘वरिष्ठ नेता’ बनाउने प्रस्ताव गरेका थिए ।

    तर दुवै नेताले उक्त प्रस्ताव अस्वीकार गरेका छन् ।

    उनीहरूले आफूलाई पदभन्दा पनि पार्टीलाई एकताबद्ध बनाउने र निष्पक्ष महाधिवेशनका लागि स्पष्ट संयन्त्र निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

    खड्का र कोइरालाले पद स्वीकार गर्नुको सट्टा पार्टीभित्र सहमति र समावेशी वातावरण तयार गर्नुपर्ने सुझाव दिएका छन् ।

    यसैबीच वरिष्ठ नेता बनाउने प्रस्ताव अस्वीकार भएपछि कांग्रेसभित्रको आन्तरिक विवाद थप चर्किएको छ ।

    संस्थापन पक्षले देउवा र कोइराला समूहसँगको छलफलका आधारमा १९ जना केन्द्रीय सदस्य मनोनीत गरेपछि असन्तुष्टि अझ बढेको छ ।

    क्रियाशील सदस्यता व्यवस्थापन, महाधिवेशन तयारी समिति गठन र निर्वाचन प्रक्रियामा सहभागिताजस्ता विषयमा पक्ष–विपक्षबीच मतभेद कायमै छ ।

    विशेष महाधिवेशनलाई लिएर देखिएको विवाद भने अझै समाधान भएको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images