images
images
  • छोरा भेट्न अस्ट्रेलिया पुगेकी आमा उतै अस्ताइन्

    काठमाडौं– छोरा भेट्न अस्ट्रेलियाको सिड्नी पुगेकी ५५ वर्षीया नेपाली महिला ठूली कान्छी तामाङको विमानस्थलमै निधन भएको छ ।

    काठमाडौंको सुकेधारा निवासी तामाङ आफ्ना श्रीमानसँगै छोरा राजु तामाङलाई भेट्न न्यू साउथ वेल्सको वागा वागा जान सिड्नी पुगेकी थिइन् ।

    विमान अवतरणपछि विमानस्थलमै उनी अचानक बेहोस भएकी र तत्काल मेडिकल टोलीले सीपीआरसहित उपचार प्रयास गरे पनि उनको ज्यान जोगाउन सकिएन ।

    घटनापछि स्थानीय प्रहरीले परिवारलाई जानकारी गराएको थियो। शव नेपाल पठाउन एनआरएनए अस्ट्रेलियाको सहयोगमा गोफन्डमीमार्फत आवश्यक रकम संकलन गरिएको छ ।

    १५ हजार अस्ट्रेलियन डलर लक्ष्य राखिएकोमा १६ हजारभन्दा बढी संकलन भइसकेको छ ।

    आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव नेपाल पठाउने तयारी भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images