images
images
  • बेलायतका ‘इण्डो प्यासिफिक’ मन्त्रीद्वारा पशुपतिनाथको दर्शन

    काठमाडौँ- बेलायतका बेलायतका ‘इण्डो प्यासिफिक’मन्त्री सीमा मल्होत्राले आराध्यदेव भगवान् श्री पशुपतिनाथको दर्शन गरेकी छन् । बेलायती मन्त्री मल्होत्राले पशुपतिनाथ मूल मन्दिरभित्रका अन्य देवी देवताको पनि विधिपूर्वक दर्शन गरेकी पशुपति क्षेत्र विकास कोष, संस्कृति महाशाखाका निमित्त प्रमुख अरुण श्रेष्ठले राससलाई जानकारी दिए ।

    पशुपतिनाथको दर्शन गरेपछि उनले नाथका मूल अर्चक गणेश भट्टबाट टीका तथा प्रसाद ग्रहण गरिन्
    । पशुपतिनाथ र यहाँका प्राचीन मठ, मन्दिरका बारेमा मन्त्री मल्होत्रालाई कोषका पुरातत्व अधिकृत सुशीलकुमार गौतमले जानकारी दिए ।

    मन्दिरको दर्शनपछि कोषको आगन्तुक पुस्तिकामा उनले धेरै राम्रो आध्यात्मिक भ्रमणको अवसर मिलेको र यसबाट आनन्द प्राप्त भएको उल्लेख गरेकी छन् ।

    मन्त्री मल्होत्रालाई कोषका सदस्य सचिव रामबहादुर कुँवरलगायत वरिष्ठ कर्मचारीले पशुपतिनाथ मन्दिर परिसरमा स्वागत गरेका थिए । मन्त्री मल्होत्रा शुक्रबार नेपाल भ्रमणका लागि आएकी थिइन् । शनिबार उनले कपिलवस्तुस्थित तिलौराकोटको पनि भ्रमण गरेकी थिइन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images