images
images
  • प्रचण्डकै शैलीमा ओलीले एमाले केन्द्रीय कमिटी भंग गर्दै, अरु अनिवार्य बहिर्गमन

    काठमाडौं– नेकपा एमाले सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीको बहिर्गमनको विषय पेचिलो बनेपछि आज निर्णायक बहस हुने भएको छ ।

    ओलीले सचिवालयमा उठेका विषय केन्द्रीय कमिटीमा लैजानुपर्ने अडान राखेका छन् भने अधिकांश पदाधिकारी भने पहिले नेतृत्व हस्तान्तरण, त्यसपछि केन्द्रीय कमिटी भन्ने पक्षमा देखिएका छन् ।

    ओलीले आफूविरुद्ध उठेका प्रश्नको एक–एक जवाफ दिने तयारी गरेका छन् ।

    उनले निर्वाचन परिणाम र नेताहरूको भूमिकाबारे पनि प्रश्न उठाउने संकेत दिएका छन् ।

    महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई सचिवालयले हटाउन नसक्ने तर्क गर्दै उनले निर्णय केन्द्रीय कमिटीबाट हुनुपर्ने बताएका छन् ।

    यता अधिकांश पदाधिकारी भने पार्टी पुनर्संरचना र नेतृत्व परिवर्तनको पक्षमा उभिएका छन् ।

    ओलीनिकटमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र सचिव महेश बस्नेत मात्रै खुलेका छन् भने अन्य नेताहरू बहिर्गमनकै पक्षमा देखिएका छन् ।

    अध्यक्ष विवादका कारण महासचिव शंकर पोखरेलले पेश गरेको कार्यविभाजन र स्थानीय तह निर्वाचन योजना पनि अन्योलमा परेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images