images
images
  • धनगढीमा कांग्रेस देउवा पक्षको प्रदेश स्तरीय भेला सुरु

    धनगढी-  नेपाली काँग्रेस देउवा समूहको सुदूरपश्चिम स्तरीय भेला धनगढीमा सुरु भएको छ ।

    प्रदेश समितिको आयोजनामा सुरु भएको भेलाको अध्यक्षता प्रदेश सभापति वीरबहादुर बलायरले गरिरहेका छन् । भेलामा पूर्व केन्द्रीय सदस्य एनपी साउँद प्रमुख अतिथि रहेका छन् ।

    उक्त भेलामा संस्थापन पक्षका कुनै पनि नेता सहभागी छैनन् । भेलामा पूर्व केन्द्रीय सदस्य रमेश लेखक, मोहन बस्नेत, कुन्दन काफ्लेलगायत सुदूरपश्चिम प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने देउवा समूहका सम्पूर्ण नेताहरुको उपस्थिति रहेको छ ।

    भेलामा जनप्रतिनिधि, प्रदेश सरकारका मुख्यमन्त्री कमल कमल शाह, मन्त्रीहरु लगायत प्रदेश भरका नेता तथा कार्यक्रताको उपस्थिति रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images