images
images
  • सत्ताभोगी मधेसी ८ वर्षपछि घर न घाट

    जनकपुरधाम– मधेश प्रदेशमा आठ वर्षदेखि कुनै न कुनै रूपमा सत्तामा रहेका मधेश केन्द्रित दल पहिलोपटक प्रतिपक्षमा पुगेका छन् ।

    कांग्रेस नेतृत्वको सरकारले जसपालाई बाहिर गरेपछि मधेशको सत्ता अहिले राष्ट्रिय दलहरूको हातमा पुगेको हो ।

    मुख्यमन्त्री कृष्णप्रसाद यादवले जसपाका तीन मन्त्रीलाई बर्खास्त गरेपछि एमाले सरकारमा सहभागी भएको छ ।

    यसअघि जनमत पार्टीले पनि सरकारबाट समर्थन फिर्ता लिइसकेको थियो ।

    यससँगै जसपा, जनमत र लोसपा सबै सत्ताबाहिर पुगेका छन् ।

    २०७४ को पहिलो प्रदेश निर्वाचनदेखि मधेशमा मधेश केन्द्रित दलकै नेतृत्वमा सरकार बन्दै आएको थियो ।

    तर पछिल्ला वर्षमा लगातार सरकार परिवर्तन, आन्तरिक विवाद र सत्ता केन्द्रित राजनीतिले ती दल कमजोर बनेका छन् ।

    राजनीतिक विश्लेषकहरूले एजेन्डाभन्दा सत्ता स्वार्थमा केन्द्रित हुँदा मधेश केन्द्रित दल जनताबाट टाढिएको बताएका छन् ।

    सुशासन कमजोर हुनु, भ्रष्टाचार र वितरणमुखी राजनीति बढ्नुमा पनि ती दलमाथि आलोचना हुँदै आएको छ ।

    विश्लेषक डा.भोगेन्द्र झाका अनुसार मधेशको मुद्दा समाप्त नभए पनि मधेशी दलहरूको सत्तालिप्साले उनीहरूलाई अहिलेको अवस्थामा पु¥याएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images